Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंकको ब्याजदर नियन्त्रण गर्न अर्थमन्त्रीको छलफल

बैंकको ब्याजदर नियन्त्रण गर्न अर्थमन्त्रीको छलफल

काठमाडौं, ४ चैत । अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन ।


ललितपुर उद्योग बाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताएका छन । बैंकले आफुखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन भएकोले अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सिमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्ने भनेर छलफल थालेको बताएका थिए ।

राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न नहुने आदेश दिएकोले चाँडै बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने आश्वासन दिएका छन ।


अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको तर बिस्तारै सुधार भइरहेको बताउदै भने तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेको जानकारी गराएका थिए । त्यस्तै ४७ बस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने समेत सो कार्यक्रममा जानकारी गराएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x