Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

चोरीभएको मोटरसाईकल ट्राफिक प्रहरीको नियन्त्रणमा

चोरीभएको मोटरसाईकल ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ, ०४ चैत्र । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई काठमाण्डौको स्वयम्भू भुईखेलबाट नियन्त्रणमा लिएको छ ।


ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका वडा नं २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई कोहलपुर बाँकेबाट हराएको प्रदेश ३(०२, ००३ प २४७३ नम्वरको २०० सी सी को पल्सर एन एस मोटरसाईकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको हो ।


वास्तविक नम्बर भे १० प ४३६२ खुल्न आएको सो मोटरसाईकल आशिष गुरूङ्गको रहेको पत्ता लागेको हो । निज सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिई सकेको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x