Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

फागु पूर्णिमाका दिन ट्राफिक नियम उल्लंघन गर्नेे ९०६ जनालाई कारबाही

फागु पूर्णिमाका दिन ट्राफिक नियम उल्लंघन गर्नेे ९०६ जनालाई कारबाही

काठमाडौं, ४ चैत । फागु पूर्णिमाका दिन ट्राफिक नियम उल्लंघन गर्नेे ९०६ जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ। बिनाहेल्मेट मोटरसाइकल चलाउने, तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउनेलगायत नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।

तीमध्ये १०६ जना मापसे गरेर सवारी चलाउने परेका छन्। पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौंमा एक हजार तीन सय ट्राफिक प्रहरी खटाएर कडाइका साथ जाँच गरिएकामा नियमविपरीत सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *