Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लगानी प्रभावकारी बनाउन नागरिक लगानी कोषलाई अर्थमन्त्रीको आग्रह

लगानी प्रभावकारी बनाउन नागरिक लगानी कोषलाई अर्थमन्त्रीको आग्रह


काठमाडौं, ४ चेत । अर्थमन्त्री जनार्दन शर्माले लगानी प्रभावकारी बनाउन नागरिक लगानी कोषलाई आग्रह गरेका छन । शुक्रबार नागरिक लगानी कोषको ३२ औँ वार्षिकोत्सवमा अर्थमन्त्री शर्माले आग्रह गरेका हुन ।


कार्यक्रममा बोल्दै शर्माले बजारबाट लगानी र पुँजी हराएको र हराएको पुँजी आफूले खोजिरहेको समसेत बताएका छन । अहिलेको राष्ट्रिय आवश्यकता र विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि पनि लगानीको खाँचो रहेको उनले बताउदै त्यसका लागि नागरिक लगानी कोषजस्ता संस्थाको भूमिका महत्वपुर्ण हुने उनले बताएका हुन ।


अर्थ मन्त्रालय अभिभावक भएको भन्दै उनले आफ्नो सन्ततीलाई अभाव नहोस र बढी पनि नहोस भन्ने कुरामा सचेत रहेको बताएका थिए । यस्तै उत्पादन लगानि बढाउनु पर्ने र आयात मुखि लगानि घटाउनु पर्ने बताएका छन । सो कार्यक्रमको अवसर पारि उत्कृष्ट कर्मचारिलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x