Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारणसभाको अवसरमा १३ बुँदे माग

नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारणसभाको अवसरमा १३ बुँदे माग


काठमाडौं, ४ चैत । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले हस्तकला क्षेत्रको विकास विस्तार र निर्यात प्रवद्र्धनका लागि पहल गर्ने आश्वासन दिएकी छन ।
नेपाल हस्तकला महासंको ४१ औं वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले महासंघले अघि सारेका माग सम्वोधनका लागि पहल गर्ने आश्वास दिदै स्वदेशमै उपलव्ध वस्तु आयात नर्गन पनि व्यवसायीलाई आग्रह गरेकि छन ।
महासंघ अध्यक्ष सुुरेन्द्र भाइ शाक्यले १३ बु्ँदे माग प्रस्तुत गर्दै निर्यात हुने काष्ठजन्य हस्तकला सामान र सिपिङ कन्टेनर फुमिगेट गरी फुमिगेसन प्रमाणपत्र गरी गर्ने व्यवस्था हुनुपर्ने, अन्तराष्टिय बजारमा नेपाली हस्तकलाको पहिचान स्थापित गरी प्रवद्र्धन गर्न हस्तकला वस्तुमा सामूहिक व्यापार चिन्हको विकास आदिमा प्रचार प्रसारमा सहयोग गर्न आग्रह गरेका छन ।
कोरोनाबाट प्रभावित हस्तकलाको निर्यात प्रवद्र्धनका लागि हालको नगद प्रोत्साहनदर कम्तिमा पनि डवल डिजिट गर्नुपर्ने र नगद प्रोत्साहन प्राप्त गर्ने प्रक्रिया एवम कार्यविधि सरलीकृत गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै सातवटै प्रदेशमा हस्तकलाग्राम स्थापनाका लागि विद्युत, सडक र पानीलगायतका आवश्यक भौतिक पूर्वाधारको पहुँच भएको क्षेत्रमा जग्गा उपलव्ध गराउनुपर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वोर्ड अफ टे«ड र भन्सार विभागअन्तर्गत निकासी सहजीकरण समितिमा महासंघको पनि प्रतिनिधित्व हुुनुपर्ने, चीनमा व्यापार, व्यवसाय र व्यापारमेला सहभागिताबाट आर्जित विदेशी मुद्रा बैकिङ च्यानलबाट नेपाल ल्याउन पाउने व्यवस्था गरिनुपर्ने, स्वदेशी वस्तु प्रवद्र्धनका लागि निजामति कर्मचारीहरुलाइ स्वदेशी कपडाबाट बनेका पोशाकलाई अनिवार्य गरिनुपर्ने लगायत रहेका छन् ।
कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरीबाबु महर्जनले हस्तकलाको विकास, विस्तार र प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा लाइफ टाइम अचिपमेन्त अवार्ड बाट ईन्द्र बहादुर शाक्य सम्मानित भए त्यस्तै हस्तकलाका उत्कृष्ट निर्यातकर्ता, उद्यमी, महासंघका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । शनिबारसम्म संचालन हुने महासंघको ४१ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x