महालक्ष्मी विकास बैंक द्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग
काठमाडौं, ७ चैत । महालक्ष्मी विकास बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साफेबगर स्थित सुर्यचन्द« प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच स्वच्छ खानेपानीकालागी एक हजार र पाँच सय लिटरको एक÷एक हिल ट्यांक र डष्टविन हस्तान्तरण गरेको महालक्ष्मी विकास बैङ्क साफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी गराएका छन ।
सरसफाई सामाग्र्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावथापन समितिका अध्यक्ष रबिन्द« बहादुर शाहले विद्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आएको बैंकले जानकारी गराएको छ ।