Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अब नेपालमा क्रेडिट रेटिङ कम्पनीको संख्या ३ पुग्यो

अब नेपालमा क्रेडिट रेटिङ कम्पनीको संख्या ३ पुग्यो


काठमाडौं, ७ चैत । नेपालमा तेस्रो क्रेडिट रेटिङ कम्पनी संचालनमा आएको छ । केयर रेटिङ र इक्रा पछि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड सञ्चालनमा आएको हो ।


लामो समयदेखि प्रतिक्षा सूचीमा रहेको कम्पनीले नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएसँगै सञ्चालन स्वीकृति पाएको बाताइएको छ । कम्पनीको कुल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ ।


कम्पनीको ५१ प्रतिशत शेयर हिस्सा इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ प्रालिको रहेको छ भने नियम अनुसार बाँकी हिस्सा अन्य स्थानीय साझेदारको रहेको छ ।


कम्पनीले विभिन्न संगठित संस्थाहरुले जारी गर्ने प्राथमिक निष्काशन, फर्दर पब्लिक इस्यु, हकप्रद सेयर निष्काशन, अग्राधिकार सेयर निष्काशन, डिवेन्चर तथा अन्य ऋणपत्र निष्काशनका साथै अन्य उपकरणहरुको क्रेडिट रेटिङ गर्ने बताइएको छ । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत रबिन पुडासैनी छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x