Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आठ महिनामा ११ खर्ब भन्दाबढी व्यापार घाटा

आठ महिनामा ११ खर्ब भन्दाबढी व्यापार घाटा

काठमाडौं, ८ चैत । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबरको पुगेको छ । गत आवको आठ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड रहेको वैदेशिक व्यापार चालु आवमा ४२ दशमलव १३ प्रतिशतले बढेको हो ।

वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ । भन्सार विभागको तथ्याङ्कअनुसार मुलुकको व्यापार घाटा अघिल्लो आवको आठ महिनाको तुलनामा चालु आवमा ३४ दशमलव ५० प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ । गत आवको फागुन मसान्तसम्म यस्तो घाटा आठ खर्ब ६३ अर्ब रुपैयाँ माथि थियो ।

यस्तै २०७७/७८को पहिलो आठ महिनाका तुलनामा चालु आवको निर्यात ८२ दशमलव ९० प्रतिशतले बढेको छ । आठ महिनामा एक खर्ब ४७ अर्ब बढीकोे निर्यात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x