Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बिमस्टेकको पाँचौ शिखर सम्मेलन कोलम्बोमा आयोजना हुँदै

बिमस्टेकको पाँचौ शिखर सम्मेलन कोलम्बोमा आयोजना हुँदै

काठमाडौं, ८ चैत । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलन आयोजना हुने भएको छ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन हुन नसकिरहेका बेला सार्क सदस्य मुलुक श्रीलंकाले कोलम्बोमा बिमस्टेक सम्मेलन आयोजना गर्न लागेको हो । उक्त सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट चैत १६ मा सम्बोधन गर्नेछन्।

भारतलगायत केही सदस्य राष्ट्रका कार्यकारी प्रमुख भने भौतिक रूपमा नै सहभागी हुनेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कोलम्बो जानेछन्। सदस्य मुलुकका परराष्ट्रमन्त्रीहरू भने भौतिक रूपमै उपस्थित हुनेछन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले श्रीलंकाले आयोजना गर्न लागेको पाँचौँ बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्रीले भर्चुअल र परराष्ट्रमन्त्री त्यहीँ उपस्थित भएर सम्बोधन गर्ने निर्णय लिएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x