कुमारी बैंकको छलाङ, तेस्रो त्रैमासको वित्तीय विवरण उत्साहप्रद
काठमाडौं, १४ वैशाख । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तैस्रो त्रैमासिकमा उत्साहप्रद प्रगती गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा समिक्षा अवधिमा बैंकले ८७.७३ प्रतिशतले खुद मुनाफा आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकले ७० करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद मुनाफा आर्जन ३७ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा पनि उल्लेख्य सुधार गरेको छ । समिक्षा अवधिमा बैंकले ६१ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरि ५६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकले ५८.४२ प्रतिशतले निक्षेप र ६४.८४ प्रतिशत कर्जा बढाएको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३४ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बैंकले समिक्षा अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ खुद व्याज आम्दामी गरि ८५ करोड २८ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकको हाल चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी वृद्धिका लागि बैंकले २० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।