सिन्धु विकास बैंकको १५औं शाखा संचालनमा

काठमाडौं, १४ वैशाख । सिन्धु विकास बैंकले नयाँ शाखा काभ्रे जिल्लाको जलविरेमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका छन् । यस शाखाको संचालनपछि बैंकको शाखा संजाल १५ पुगेको छ ।

बैंकले चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा २ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *