माछापुच्छे बैंकको मुनाफा १८.९ प्रतिशतले घट्यो, प्रति शेयर आम्दामी असन्तुलित

काठमाडौं, १४ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा माछापुच्छ्रे बैंकको खुद मुनाफामा कमी आएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालु आर्थिक वर्षको समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जन १८.९० प्रतिशतले घटेको छ । बैंकले समिक्षा अवधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जब कि गत आर्थिक वर्षको सोहि अवधिमा बैैकको खुद मुनाफा आर्जन १ अर्ब रुपैयाँ भन्दा माथि थियो ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ६८ अर्ब ४३ करोड रुपैयाँ र कर्जा प्रवाह ६२ अर्ब २१ करोड रुपैयाँ रहेको छ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजीमा भएको वृद्धि र खुद मुनाफा आर्जनमा आएको कमीका कारण बैंकको प्रति शेयर आम्दामी घटेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा २४.६९ रुपैयाँ प्रति शेयर आम्दामी रहेको अहिले घटेर १३.७५ रुपैयाँमा झरेको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *