Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राइट व्याकको कारण सिभिल बैंकको मुनाफा १२६.६४ प्रतिशतले बढ्यो

राइट व्याकको कारण सिभिल बैंकको मुनाफा १२६.६४ प्रतिशतले बढ्यो

काठमाडौं, १४ वैशाख । राइट व्याकको कारण सिभिल बैंकको मुनाफामा उच्च वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद मुनाफा आर्जन १५ करोड ४४ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको तुलनमा समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जन १२६.६४ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ३६ अर्ब ३७ करोड रुपैयाँ र कर्जा प्रवाह ३४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । यस्तै सोहि अवधिमा बैंकले ८९ करोड २६ लाख रुपैयाँ खुद व्याज आम्दामी गरि १७ करोड ४६ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हकप्रद र बोनस शेयर मार्फत पुर्याउने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x