कामना सेवा विकास बैंकद्वारा शाखा रहित बैंकिङ सेवा
काठमाडौं, १२ चैत्र । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा शाखा रहित सेवा सुरु गरेको छ ।
सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो । बैंकले सेवा विस्तार गर्न तानसेन – ९, दमकडा, पाल्पाको महिमा पुस्तक एण्ड मोबाइल सेण्टर मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।