Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दृष्टि साप्ताहिक विरुद्ध ५० लाखको क्षतिपूर्तिको माग र मुद्दा दायर

दृष्टि साप्ताहिक विरुद्ध ५० लाखको क्षतिपूर्तिको माग र मुद्दा दायर

काठमाडौं, १३ चैत । दृष्टि साप्ताहिकका सम्पादक तथा प्रकाशक शम्भु श्रेष्ठविरुद्ध रु ५० लाख क्षतिपूर्तिको मागदावीसहित हाल केन्द्रीय कारागारमा कैदमा रहेका रामेछापका रमेश बाहुन भन्ने सुजन कुमार पौडेलको तर्फबाट गाली र बेइज्जती मुद्दा दर्ता भएको छ ।


मुद्दा फिरादीका विषयमा मिति २०७८ चैत ८ गतेको अंकमा प्रकाशित “जेल नर्सान गृहमन्त्री गुहार्दैू नामक समाचारसँग सम्बन्धित छ । सो समाचारमा २०७१।०३।११ देखि झुटा अभियोग र कसूरका आधारमा कैदमा रहेका स्वयं पीडित व्यक्ति फिरादीलाई गुण्डानाइकेको संज्ञा दिँदै जेलबाटै हप्ताअसुली र फिरौतीको धन्दा चलाएको बताइएको छ ।


कांग्रेसका एक नेतामार्फत भिमफेदी वा अन्य दुर्गम क्षेत्रका कारागारमा सार्नबाट कारागार व्यवस्थापनलाई रोकेको, जेलमा नाइकेको रुपमा व्यापार गरी मासिक ५ लाखभन्दा बढी आम्दानी गर्दै आएको र कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई प्रभावमा पारी केन्द्रीय कारागारमै रहने वातावरण तयार गरेको काफ्लेले गृहमन्त्री बालकृष्ण खाणलाई बाहुन डनलाई कारागार नसार्न पटकपटक अनुरोध गरेको तर काफ्लेलाई आगामी प्रदेशसभाका निर्वाचनमा जिताउनको लागि बाहुन डनले गुण्डादेखि अर्थसम्मको प्रबन्ध गरिदिने प्रस्ताव गरेको भन्ने कुटा, कपोलकल्पित, आपत्तिजनक एवं गालीबेइज्जतीपूर्ण आरोपहरु लगाइएको छ फिरादमा विपक्षीबाट फिरादीलाई डन र गुण्डानाइके भनी सम्बोधन गरिएकोप्रति आपत्ति जनाउँदै त्यसबाट कारागारमा रहेका बखत सुधारिएको वहाँको जीवन तथा संविधानको धारा १६ अन्तर्गत शान्तिपूर्णरुपमा सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा १७ अन्तर्गतको पेशा र व्यवसाय गर्न पाउने हकलगायतका स्वतन्त्रताको हकमाथि गम्भीर आँच पुगेको जिकिर गरिएको छ ।

साथै, कारागारभित्रबाट गरिएको भनिएका विभिन्न गतिविधिहरु सबै झुटा र कपोलकल्पित भएको दाबीसहित फिरादी के कसरी र कुन कुन गुण्डाहरुको नाइके हो, समाचारमा उल्लेख भएका नेपाली कांग्रेसका नेता भनिएका कुन्दनराज काफ्लेसँग कहिले, कुन कुन मिति र समयमा के के संवाद भयो र केन्द्रीय कारागारबाट भिमफेदी वा अन्य दुर्गम क्षेत्रका कारागारमा नसार्नका लागि के कसरी कस्तो प्रभावमा पारियो, निज काफ्लेले गृहमन्त्री बालकृष्ण खाण बाहुन डनलाई कारागार नसार्न पटकपटक अनुरोध गरेको प्रमाण के छ र वहाँलाई बाहुन डन भनी अपमानजनक शब्दबाट सम्बोधन गर्ने अधिकार विपक्षीलाई कसरी प्राप्त भयो, निज काफ्लेलाई आगामी प्रदेशसभाको निर्वाचनमा जिताउनको लागि बाहुन डनले गुण्डादेखि अर्थसम्मको प्रबन्ध गरिदिने प्रस्ताव गरेको भन्ने आरोपका हकमा सो कार्य कहिले र कसरी भयो तथा जेलमा नाइकेको रुपमा व्यापार गरी मासिक ५ लाखभन्दा बढी आम्दानी परिवारको समेत व्यक्तित्व, इज्जत र प्रतिष्ठामा अपूरणीय क्षति पुग्ने गरी बेइज्जती भएको जिकिर गरिएको छ ।


सजाय र क्षतिपूर्तिका हकमा, मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ अन्तर्गतको बेइज्जती कसूर गरेबापत सोही संहिताको दफा ३०७ , ९१० बमोजिम हदैसम्मको दुई वर्ष कैद र रु २०,०००र( जरिवाना तथा यस कसूरमा आम सञ्चारमाध्यमको प्रयोग भएको हुनाले थप सजायबापत एक वर्ष कैद र रु १०,०००र( समेत गरी दफा ३०७ ९२० बमोजिम मनासिव माफिकको क्षतिपूर्तिबापत रु ५०,००,०००र( ९पचास लाख० र मुद्दामा लागेको खर्चसमेत भराई पाउँ भन्ने दाबी लिइएको छ ।

https://arthakoartha.com/archives/54340

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x