भूकम्पपछि निर्माण गरिएको एकीकृत वस्ती प्रभावकारी भएन : सहरी विकास मन्त्री झाँक्री
काठमाडौं, १४ चैत । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नभएको बताएकी छन ।
आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा मन्त्री झाँक्रीले भनीन सरकारले एकीकृत वस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको साथै भूकम्पछि सरकारले एकीकृत वस्तीको निर्माण गरिए पनि प्रयोगमा आउन नसकेको जिकिर गरिकी छन ।
‘सरकारले जुन लक्ष्य र उद्देश्यको साथ एकीकृत वस्ती निर्माणको काम अघि बढाएको थियो, त्यस अनुसार प्रभावकारी प्रयोग नदेखिएको जानकारी गराएकी हुन । साथै मन्त्रालयको कतिपय नीति तथा कार्यक्रमलाई समेत पुनर्विचार गर्ने गरी गृहकार्य गरिरहेको समेत बताएकी छन ।