Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

काठमाडौं ट्रिएनाले २०७७ मा अवलोकनकर्ताको घुइँचो

काठमाडौं ट्रिएनाले २०७७ मा अवलोकनकर्ताको घुइँचो

काठमाडौं, १६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ मा सुरु भएको काठमाडौं ट्रिएनाले २०७७ को चौथो संस्करणमा अवलोकनकर्ताको घुइँचो लागेको छ ।

गएको फागुन १७ गतेबाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनाले अन्तर्गत भिन्न भिन्न विषयवस्तु समेटेर क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरु काठमाडौंका सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच ठाउँमा प्रदर्शन भइरहेका छन् ।

२०७७ पुसमा हुने भनिएको ट्रिएनाले कोभिड १९ संक्रमणका कारण सुरुमा तोकिएको मितिमा सुरु हुन नसकेर गत माघ २८ बाट सुरु भएको थियो । फागुन १७ बाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनाले चैत १७ सम्म चल्नेछ । ट्रिएनाले २०७७ सालका सम्पूर्ण कार्यक्रम भर्चुअल र भौतिक दुवै किसिमबाट सहभागिता जनाउन सकिने गरी हाइब्रिड तरिकाले सञ्चालन भइरहेको आयोजकले बताएको छ ।

काठमाडौं ट्रिएनाले २०७७ को आयोजना र सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २०७७ साल असोज २ गते आधिकारिक सम्झौता नवीकरण भएको सिद्धार्थ आर्ट्स फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले उक्त साझेदारी नेपालको कला र संस्कृतिको विकास तथा प्रवद्र्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुआत भनेको छ ।

काठमाडौँ ट्रिएनाले हंगकंगमा रहेको साझेदार संस्था पारा साइटको सहयोगमा आयोजना भएको हो । कार्यक्रमको प्रथम प्रदर्शनीका रुपमा सन् २०२० मा गार्डेन अफ सिजनस नामक प्रदर्शनी हङकङमा सञ्चालन भइसकेको छ । यस प्रदर्शनीले ४० भन्दा धेरै देशका १०० भन्दा बढी कलाकारलाई समेटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x