४०.६८ अंकले बढ्यो शेयर बजार, २ अर्ब २५ करोडको कारोबार
काठमाडौं, १६ चैत । साताको चौथो कारोबार दिन बुधवार शेयर बजार ४०.६८ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १.६१ प्रतिशतले बढेर २५६८.२५ अंकमा पुगेको छ ।
बुधवार २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको उपसूचक बढेका छन् ।
बढेको बजारमा इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको शेयरमूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।
सर्वाधिक शेयर कारोबार हुनेमा प्रमुख इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको १० करोड ९२ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।