माछापुच्छ«े बैंकको नयाँ शाखा धनगढीको राजपुरमा
काठमाडौं, १८ चैत । माछापुच्छ«े बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको चैत १७ गते बिहिबार धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले गरेका हुन । उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ«े बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो ।
नयाँ शाखा सगैँ कैलाली जिल्लामा माछापुच्छ«े बैंकको शाखा संख्या ४ पुगेको छ । देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा बैंकले बताएको छ ।
नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने बताइएको छ । माछापुच्छ«े बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।