कामना बैंकको १३५औं शाखा चितवनमा
काठमाडौं, २१ चैत । कामना सेवा विकास बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. २६ ज्योतिनगरमा १३५औं शाखा कार्यालय स्थापना गरी चैत्र २० गतेदेखि कारोबार शुभारम्भ गरेको छ । यो सँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ ।
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको बताइएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताएका छन ।
बैंकले १३४ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ७ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले बताएको छ ।