Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

अर्थमन्त्री पौडेलद्वारा विद्युतीय सवारी साधनको कर नीतिमा स्पष्टीकरण: ऊर्जा खपत बढाउने लक्ष्य

अर्थमन्त्री पौडेलद्वारा विद्युतीय सवारी साधनको कर नीतिमा स्पष्टीकरण: ऊर्जा खपत बढाउने लक्ष्य

काठमाडाैं, २७ असार । अर्थमन्त्री विष्णु पौडेलले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विद्युतीय सवारी साधनको कर नीतिलाई स्थिर राखिएको बताएका छन्। उनले बजेटमार्फत नेपालको ऊर्जा खपत बढाउनका लागि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरिएको स्पष्ट पारे।

मन्त्री पौडेलले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको बताउँदै बजेट ल्याउने मात्र नभई त्यसको कार्यान्वयन समेत आफ्नो जिम्मेवारी रहेको उल्लेख गरे। उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको तयारी भइरहेको जानकारी पनि दिए।

अर्थमन्त्री पौडेलले बजेटमा ‘टेक एन्ड पे’ को विषयमा केही अन्योल भए पनि स्पष्ट पारिएसँगै बैंक तथा वित्तीय संस्था, ऊर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकोले अवस्था ठीक हुँदै गएको बताएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *