Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

उपकार लघुवित्तको आईपीओ खुल्यो

उपकार लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं, २५ चैत । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।


कम्पनीको जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले साधारण सेयर बिक्री सुरु गरेको हो । निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात तीन हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको दुई लाख २१ हजार १५६ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन ।


आवेदकले आईपीआका लागि छिटोमा चैत २९ र ढिलोमा ०७९ वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने उल्लेख छ ।


कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x