सुन प्रतितोला ५ सयले बढ्दा चाँदी १० रुपैयाँले बढ्यो
काठमाडौं, २५ चैत । साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
बिहिबारको तुलनामा शुक्रबार सुन तोलामा ५०० सय रुपैयाँले बढेको र चाँदीमा प्रतितोला १० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बिहिबार छापावाला सुन प्रति तोला ९९ हजार र चाँदी प्रति तोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार मूल्य बढेर सुन प्रतितोला ९९ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।