Shangrila

नेपाल व्यवस्थापन संघको नयाँ नेतृत्वका लागि शनिवार चुनाव हुँदै ,‘अध्यक्षमा मेरो दाबी स्वाभाविक’ : उम्मेदवार पौडेल

काठमाडौं, २५ चैत । नेपाल व्यवस्थापन संघ (म्यान)को आगामी कार्यकालको नयाँ नेतृत्वका लागि शनिवार चुनाव हुँदै छ । संघका अध्यक्षका लागि नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल र लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले प्यानल नै बनाएर उम्मेदवारी दिएका छन् ।

पौडेलको प्यानलबाट मोहन ओझा, प्रद्युम्न पोखरेल, कृष्णप्रसाद शर्मा, आशा राणा अधिकारी, मनोजकुमार लाल कर्ण, शशि सत्याल छन् । यस्तै अश्मी राणा, हिमाकुमारी अधिकारी, मिलन गुरुङ र जीवनकुमार कटुवाल उनको प्यानलमा रहेका छन् । ३० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका पौडेलले म्यानको अध्यक्षमा आफ्नो दाबी स्वाभाविक रूपले बलियो रहेको बताएका छन् । अहिलेको म्यानेजमेन्टको विभिन्न नयाँ अवधारणा, अहिलेका समस्या, जलवायु परिवर्तनका असर, बैंकिङलगायतमा अनुभव भएकाले पनि त्यो क्षेत्रमा आफ्नो पहुँच पुग्ने भएकाले उम्मेदवारी दिएको उनको भनाइ छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *