सुनको कारोबार पारदर्शी बनाउन विलासिता करको दायरा बढाएका हौं : अर्थमन्त्री पौडेल

काठमाडौं, १८ असार । अर्थमन्ती विष्णु पौडेलले सुन तथा अन्य कारोबार पारदर्शी बनाउन विलासिता करको थ्रेसहोल्ड हटाएको बताएका छन्। बुधवार राष्ट्रिय सभाका सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले मुलुकलाई ग्रे लिष्टबाट बाहिर वाहिर निकाल्न यो एउटा उपाय भएको बताए।
‘विलासिता कर नयाँ प्रस्ताव होइन पहिले भएको १० लाखको थ्रेसहोल्ड हटाएर दायरा बढाइएको हो। हामी सम्पति शुद्धीकरणको ग्रे लिष्टमा छौं । यसवाट छिटोभन्दा छिटो वाहिर निकाल्न यो आवश्यक थियो’, उनले भने।
करको थ्रेसहोल्ड हटेपछि गरगहनाको पारदर्शी कारोवार हुने अपेक्षा गरेको मन्त्री पौडेलले बताए। उनले भने ‘बहुमुल्य गहनाको कारोबार पारदर्शी हुँदा मुलुक ग्रे लिष्टबाट छिटो बाहिर निस्कन मद्धत मिल्छ।’
मन्त्री पौडेलले सुनका गहना कारोवारमा संलग्न व्यवसायीको गुनासो बारे छलफलमा रहेको र छलफलबाटै समाधान निस्कने बताए । उनले मुलुक राजस्व र वैदेशिक अनुदानवाट मात्रै चल्ने अवस्थामा नरहेको बताए।
‘आम्दानी सीमित हुँदा ऋण लिनुपर्ने वाध्यता छ। यस्तो खालको वाध्यता विकसित देशलाई समेत हुन्छ। तर हामीले ऋणको दायरा असीमित बनाउन हुँदैन भन्नेमा सचेत छौं। यसरी लिइएको ऋण उत्पादन र उत्पादकत्व बढाउन केन्द्रित गर्ने छौंं’, उनले भने।