Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अन्तराष्ट्रिय श्रमिक दिवस मनाईदै

अन्तराष्ट्रिय श्रमिक दिवस मनाईदै

 

 

काठमाडाैं १८, बैशाख । श्रम  ऐन एवम् सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन गर्न सरकारसँग माग गर्दै १ सय २९ औं अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

यसै अवसरमा मजदुर संगठनहरुले काठमाडांैमा श्रमको उचित सम्मान गर्न माग गर्दै ¥याली निकालेका छन । नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका मजदुर संगठनहरुले निकालेको ¥याली काठमाडौंको विभिन्न स्थानमा परिक्रमा गरी कोण सभामा परिणत भएको छ । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले यस अवसरमा सार्वजनिक विदा समेत दिँदै आएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन सुरु गरिएको हो । सोही मजदुर आन्दोलनको सम्झनामा सन १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिकका दिन श्रमिक दिवस मनाउने गरिन्छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x