बैशाख २१ देखी २३ गतेसम्म ७औं नेपाल हब्र्स आयुर्वेदा एक्स्पो २०१८ हुँदै

काठमाडौं, १७ बैशाख । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले सातौ नेपाल हब्र्स आयुर्वेदा एक्स्पो, २०१८ आयोजना गर्ने भएको छ । यसअघि नेपाल उद्योग बाणिज्य महासंघसँग सह आयोजक भएर अन्तर्राष्ट्रिय ब्यापार मेलामा प्रर्दशनी गर्दै आएकोमा यस बर्षदेखि संघ आफैले यो मेला आयोजना गर्ने भएको जानकारी दिइएको छ ।

सो मेला आागामी बैशाख २१ देखि २३ सम्म यस संघको आयोजनामा काठमाडौको भृकुटीमण्डपमा रहेको प्रदर्शनी केन्द्रमा हुने भएको छ । मेलामा नेपालमा उत्पादित औषधि जन्य जडिबुटीवाट निर्मित वस्तुहरुको प्रदर्शनीका साथै पहिचान र व्यापार बृद्धिमा सहयोग पुग्ने अपेक्षा आयोजकले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *