Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडाैं, २६ असार । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज २६.४५ अंकले बढेर २ हजार ७ सय ३२.५१ विन्दुमा पुगेको छ।

सेयर बजारसँगै आज कारोबार रकम पनि बढेको छ। यस दिन ३११ कम्पनीको २ करोड ३३ लाख ४८ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८६ करोड ४१ लाख ७० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

बुधबार ३१६ कम्पनीको १ करोड १५ लाख २२ हजार ९ सय ७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।

आज जलविद्युत समूह ०.२० प्रतिशतले घटेको छ भने बाँकी सबै समूह बढेका छन्। आज बैंकिङ समूह सर्वाधिक ३ प्रतिशतले बढेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *