प्रधानमन्त्री मोदीको पाँच राष्ट्रको सफल भ्रमण सम्पन्न: महत्वपूर्ण सम्झौता र उच्च सम्मान प्राप्त

काठमाडाैं, २६ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई २ देखि ९ सम्मको आफ्नो पाँच राष्ट्रको भ्रमण सम्पन्न गरी बिहीबार बिहान नयाँ दिल्ली फर्कनुभएको छ। यो कूटनीतिक यात्राले घाना, त्रिनिदाद र टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियालाई समेटेको थियो, जसमा ब्राजिलको अध्यक्षतामा रियो दि जेनेरियोमा आयोजित १७ औं ब्रिक्स शिखर सम्मेलनमा उहाँको सहभागिता पनि समावेश थियो।
घाना भ्रमण: ३० वर्षपछिको ऐतिहासिक भेट भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री मोदी जुलाई २ मा घानाको राजधानी अक्रा पुगेका थिए। यो ३० वर्षभन्दा बढी समयपछि कुनै भारतीय प्रधानमन्त्रीले पश्चिम अफ्रिकी राष्ट्रको गरेको पहिलो भ्रमण थियो। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले घानाका राष्ट्रपति जोन महामासँग द्विपक्षीय वार्ता गरे, जहाँ उनिहरूले बलियो साझेदारीको समीक्षा गर्दै आर्थिक, ऊर्जा, रक्षा सहकार्य र विकास सहयोगमार्फत यसलाई थप सुदृढ गर्नेबारे छलफल गरे। दुई नेताले द्विपक्षीय सम्बन्धलाई बृहत् साझेदारीमा उकास्न सहमत हुनुभयए। प्रधानमन्त्री मोदीले महत्वपूर्ण खनिज, रक्षा, सामुद्रिक सुरक्षा र ऊर्जाका क्षेत्रमा सहकार्यका लागि ‘अत्यन्त ठूलो सम्भावना’ रहेको बताए। राष्ट्रपति जोन महामाले प्रधानमन्त्री मोदीलाई घानाको सर्वोच्च नागरिक सम्मान “द अफिसर अफ द अर्डर अफ द स्टार अफ घाना” प्रदान गरे, जसलाई प्रधानमन्त्री मोदीले “अत्यन्त गर्वको विषय” भने।
त्रिनिदाद र टोबागो: क्यारिबियन राष्ट्रमा पहिलो प्रधानमन्त्रीस्तरीय भ्रमण जुलाई ३ मा प्रधानमन्त्री मोदी त्रिनिदाद र टोबागोको भ्रमणमा गए, जुन सन् १९९९ पछि प्रधानमन्त्री स्तरमा क्यारिबियन राष्ट्रको पहिलो आधिकारिक भ्रमण थियो। उनले आफ्ना समकक्षी कमला प्रसाद-बिसेसरसँग भेटवार्ता गरे र देशको संसदलाई सम्बोधन गरे। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले विदेश मन्त्रालयद्वारा जारी संयुक्त वक्तव्यअनुसार त्रिनिदाद र टोबागोका भारतीय डायस्पोराको छैटौं पुस्तासम्मका लागि ओभरसिज सिटिजनसिप अफ इन्डिया (ओसीआई) कार्ड जारी गर्ने निर्णयको घोषणा गरे। पोर्ट अफ स्पेनस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उहाँलाई राष्ट्रको सर्वोच्च सम्मान ‘द अर्डर अफ द रिपब्लिक अफ त्रिनिदाद एन्ड टोबागो’ पनि प्रदान गरियो।
अर्जेन्टिना: रक्षा र कृषिमा साझेदारी विस्तार प्रधानमन्त्री मोदी जुलाई ४ मा ब्यूनस आयर्स पुग्नुभयो, जहाँ उनले अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइलेसँग द्विपक्षीय छलफल गरे। यस क्रममा जारी सहयोगको समीक्षा गर्दै रक्षा, कृषि, खानी, तेल र ग्यास, नवीकरणीय ऊर्जा, व्यापार, लगानी र जन-जन सम्बन्ध लगायतका प्रमुख क्षेत्रमा भारत-अर्जेन्टिना साझेदारीलाई थप बढाउने उपायहरूबारे छलफल भयो। प्रधानमन्त्री मोदीले अर्जेन्टिनाको आफ्नो भ्रमणलाई “फलदायी” भन्दै राष्ट्रपति जाभियर माइलेसँगको छलफलले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई “महत्वपूर्ण गति” दिने विश्वास व्यक्त गरे। ब्यूनस आयर्सका शहर सरकारका प्रमुख जोर्गे माक्रीले उहाँलाई “की टु द सिटी अफ ब्यूनस आयर्स” पनि प्रदान गरे।
ब्राजिल: ब्रिक्स शिखर सम्मेलन र रणनीतिक साझेदारी प्रधानमन्त्री मोदीको भ्रमणको चौथो चरणले उनलाई ब्राजिल पुर्यायो, जहाँ उनले जुलाई ६ देखि ७ सम्म रियो दि जेनेरियोमा आयोजित १७ औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिए। उनले ब्राजिलको राजकीय भ्रमण पनि गरे र पछि ब्रासिलिया गए, जहाँ उनले राष्ट्रपति लुलासँग व्यापार, रक्षा, ऊर्जा, अन्तरिक्ष, प्रविधि, कृषि, स्वास्थ्य र जन-जन सम्बन्ध लगायतका पारस्परिक हितका क्षेत्रमा दुई देशबीचको रणनीतिक साझेदारीलाई फराकिलो बनाउनेबारे द्विपक्षीय छलफल गर्नुभयो। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रधानमन्त्री मोदीलाई ब्राजिलको सर्वोच्च नागरिक सम्मान ‘द ग्रान्ड कलर अफ द नेशनल अर्डर अफ द साउदर्न क्रस’ प्रदान गरे।
नामिबिया: संसदमा सम्बोधन र सर्वोच्च सम्मान भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री मोदीले नामिबियाको भ्रमण गरे, जहाँ उनले नामिबियाली संसदलाई सम्बोधन गरे — आफ्नो भाषणपछि सदस्यहरूबाट ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त गरे। उनले नामिबियाका राष्ट्रपति नेटुम्बो नान्दी-न्डाटवाहबाट नामिबियाको सर्वोच्च नागरिक पुरस्कार ‘अर्डर अफ द मोस्ट एन्सिएन्ट वेल्वित्सिया मिराबिलिस’ पनि प्राप्त गरे।