राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन
काठमाडौं, २५ चैत । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।
अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको स्रोतले बताएको छ ।
आर्थिक संकट गहिरिँदै गइरहेको अवस्थामा सरकारले केन्द्रीय बैंकका गभर्नरलाई निलम्बन गरेको हो। अर्थमन्त्री जनार्दन शर्मा समेत गभर्नर अधिकारीप्रति असन्तुष्ट थिए।