Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एक वर्षमा सुन प्रतितोला १२ हजारले बढ्यो

एक वर्षमा सुन प्रतितोला १२ हजारले बढ्यो


काठमाडौं, ३० चैत । एक वर्षमा सुन प्रतितोला १२ हजार र चाँदी प्रतितोला १ सय ४० रुपैयाँले वृद्वि भएको छ । गतवर्षको अन्तिम कारोबार दिन सुन प्रतितोला ८९ हजार ५ सय र चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै यस वर्षको अन्तिम कारोबार दिन चैत ३० गते बुधबार सुनचाँदीेको मूल्य बढेकोे छ ।

मंगलबारको तुलनामा बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेको र चाँदीको मूल्य २० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ सय र चाँदी प्रति तोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार मूल्य घटेर सुन प्रतितोला १ लाख १ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x