२०७८ सालमा ११ अर्बको लगानीमा १२ तेल उद्योग
काठमाडौं, २ वैशाख । २०७८ सालमा १२ तेल उद्योगमा ११ अर्बभन्दा बढीको लगानी प्रतिवद्धतासहित उद्योग दर्ता भइसकेको छ ।
सबैभन्दा बढी लगानी रहेको अन्नप्रर्ण तेल उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।
पर्सा जिराभवानीमा तेल उत्पादन÷प्रशोधनका लागि अन्नपूर्ण एग्रो एण्ड रिफाइनरी प्रालि दर्ता भएको छ ।
२ अर्ब ५७ करोड लगानी रहेने अन्नपूर्ण तेल उद्योगले वार्षिक १६ हजार २ सय किलो लिटर सोयाविन तेल उत्पादन गर्ने जनाएको छ । १ सय ८५ जनालाई रोजगारी दिने उद्योगले ७३ हजार ८ मेट्रिकटन अन्य विभिन्न प्रकारको तेल उत्पादन गर्ने भएको छ ।
अन्नपूर्ण तेल उद्योगमा शतिश कुमार कर्णसहितका व्यवसायीको लागनी रहेको उद्योग विभाागले जनाएको छ ।
चालु आर्थिक वर्षमा तेल उद्योगमा लगानी गर्न व्यवसायीबीच प्रतिस्पर्धा नै देखिन्छ।
निर्यात बढेसँगै तेल उद्योगमा लगानी बढिरहेको हो । नेपालबाट आठ महिनामै ४१ अर्ब रुपैयाँको भटमासको तेल निर्यात भएको छ । निर्यात हुने वस्तुको लिष्टमा तेलको हिस्सा सबैभन्दा बढी छ। त्यसमा पनि सबैभन्दा धेरै भटमासकै तेल छ ।
यो बीचमा नेपालबाट तेलन वस्तुको निर्यात धेरै भएको छ। भटमासको तेलपछि पाम तेल निर्यात भएको छ । पामको विभिन्न स्वरूपका तेल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांकअनुसार यो बीचमा पाम तेल १२ अर्बको निर्यात भएको छ । नेपालमा तेल प्रशोधन गर्ने उद्योगले तेस्रो देशबाट कच्ता तेल ल्याउँदै प्रशोधन गरी भारततिर पठाउँदै आएका छन् ।
यही कारणले आयात र निर्यात दुबै बढको छ । तेल निर्यातको भारतीय ढोका खुलेपछि धमाधम नेपालमा तेल प्रशोधन उद्योगमा लगानी बढेको छ । तेलको निर्यात बढ्दै गएपछि उद्योगी व्यवसायीहरू लगानी विस्तार गरिरहेका छन् भने नयाँ उद्योगी पनि प्रवेश गरेका छन् ।
१ अर्ब ७३ करोड रुपैयाँको लगानीमा सिद्धिलक्ष्मी फुड्स प्रालि दर्ता भएको छ । नवलपरासीमा वार्षिक १ लाख १२ हजार ७ सय टन तेल उत्पादन क्षमताको उद्योग खुल्न लागेको हो। उद्योगले २ सय ५३ जनालाई रोजगारी दिने घोषणा गरेको छ ।
९६ करोड ७० लाख रुपैयाँको लागनीमा निकिता आयल एण्ड रिफाइनरी उद्योग स्थापना हुने भएको छ। बारा जितपुर सिमरा स्थापना हुने उद्योगले वार्षिक १ लाख ७ हजार ७ सय किलोलिटर तेल उत्पादन गर्ने र ८९ जनालाई रोजगारी दिने जनाएको छ।
सुनसरीमा ५८ करोड रुपैयाँको लगानीमा एबीसी आयल इन्डष्ट्रिड प्रालि स्थापना हुने भएको छ । उद्योगले वार्षिक ६१ हजार ८ सय मेट्रिक टन तेल उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिने जनाएको छ ।
पर्सामा ७५ करोडको लगानीमा शिवम् भेज आयल उद्योग स्थापना हुने भएको छ । वार्षिक १ लाख ५ हजार ३ सय ६० मेट्रिक टन तेल उत्पादन गर्ने उद्योगले जनाएको छ । उद्योगमा ७२ जनाले रोजगारी पाउने छन् ।
५० करोड रुपैयाँको लगानीमा वार्षिक ६१ हजार ८ सय मेट्रिक टन तेल उत्पादन गर्ने गरी शिवशक्ति आयल एण्ड फ्याट्स बारामा स्थापना हुने भएको छ । बारामा खुल्ने उद्योगले ६० जनालाई रोजगारी दिने लक्ष्य लिएको छ ।
७३ करोड ५० लाख रुपैयाँको लगानीमा बारामा आरएमसी फुड्स उद्योग स्थापना हुने भएको छ । उद्योगबाट वार्षिक १ लाख २५ हजार ८ सय ५० मेट्रिब टन तेल उत्पादन हुने र ६० जनालाई रोजगारी दिने गरी उद्योग दर्ता भएको छ ।
वार्षिक ४८ हजार ७ सय ५ मेट्रिक टन तेल उत्पादन गर्ने गरी नवलपरासीमा सिद्धिविनायक आयल्स उद्योग स्थापना हुने भएको छ । उद्योगमा ७४ करोड ७० लाख लगानी रहने र ९० जनाले रोजगारी पाउने छन् ।
बाराको जितपुरमा सौरर्भ फुड प्रोडक्सट प्रालि दर्ता भएको छ । उद्योगमा ७२ करोडको रहने छ । उद्योगले वार्षिक १ लाख १ हजार ६ सय ५० मेट्रिक टन तेल उत्पादन गर्ने ९४ जनालाई रोजगारी दिने जनाएको छ ।
झापाको विर्तामोडमा १ अर्ब १७ करोड रुपैयाँको लगानीमा सिद्धिविनायक आयल एग्रो इन्डष्ट्रिज प्रालि स्थापना हुने भएको छ । वार्षिक १ लाख ९२ हजार १ सय ९ मेट्रिक टन तेल उत्पानदन हुने उद्योगमा १ सय जना रोजगारी समेत पाउने भएका छन् ।
सुनसरीमा रोयली एडबल ओइल्स स्थापना हुने गरी उद्योग दर्ता भएको छ । उद्योगमा ४३ करोड ६५ लाख रुपैयाँको लगनी रहनेछ। उद्योगले वार्षिक ६१ हजार २ सय मेट्रिक टन तेल उत्पादन गर्ने जनाएको छ । उद्योगमा ६६ जनाले रोजगारी पाउने छन् ।
ग्लोबल प्राटिन एण्ड आयल प्राली चितवनमा स्थापना हुने भएको छ । उद्योगमा १६ करोड ६० लाखको लगानी हुने भएको छ। करिब ३० हजार मेट्रिक टन तेल उत्पादन हुने उद्योगमा १ सय ५७ जनाले रोजगारी पाउने छन् ।