Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दुई दिन उच्च अंकले घट्दा एक दिन बढ्यो

दुई दिन उच्च अंकले घट्दा एक दिन बढ्यो

काठमाडौंं ६ वैशाख । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक १३. ३७ अंकले बढेको छ । यो अघिल्लो दिनको तुलनामा ५७ प्रतिशतले बढेर २३५७.२४ बिन्दुमा पुगेको छ ।

कूल २२९ कम्पनीको २७ हजार ८४१ कारोबारबाट १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ रुपैयाँ बराबरका ३२ लाख १३ हजार १९५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

पछिल्लो सयमको कारोबार रकम र घट्दो अंकलाई हेर्दा बजार वियरिस ट्रेण्डमा जान थालेको देखिन्छ । नयाँ वर्ष २०७९ सुरु भएपछि पनि हरेक दिन कारोबार रकम सहित अंक पनि लगातार घटिरहेको छ ।

२०७९ मा शेयर बजारले खराब सुरुवात गरेको छ । पहिलो दिनको कारोबार २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा आएको थियो । नयाँ वर्ष ०७९ को दोस्रो दिनको कारोबारमा पनि भारी गिरावट आएको थियो । तेस्रो दिनको कारोबारमा भने बजार पर्ख र हेरको अवस्थामा रोकिएको छ ।

सोमबार ४१.७७ अंकले घटेर नेप्से परिसूचक २३४३.८७ बिन्दुमा आइपुगेको थियो भने कारोबार १ अर्ब ५३ करोडमा खुम्चिएको थियो । साताको पहिलो दिन आइतबार कारोबार रकम १ अर्ब ४४ करोड रूपैयाँमा सीमित भएको थियो । २०७८ को अन्तिम कारोबार दिन नेप्से ३०.२४ अंकले बढेर बन्द भएको थियो । नयाँ वर्षसँगै सेयर बजार बढ्ने अनुमानकाबीच उच्च अंकले लगातार घटिरहेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x