Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

यी वरिष्ठ अधिवक्ताहरूले निलम्बित गभर्नर अधिकारीको पक्षमा बहस गर्दैछन्

यी वरिष्ठ अधिवक्ताहरूले निलम्बित गभर्नर अधिकारीको पक्षमा बहस गर्दैछन्

काठमाडौं, ६ वैशाख । सरकारले गरेको निलम्बनविरूद्ध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आजबाट सुनुवाइ सुरू हुँदैछ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा आज पहिलो सुनुवाइ हुन लागेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

अधिकारीको पक्षमा वरिष्ठ अधिवक्ताहरूले बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाल, शम्भु थापा, तुलसी भट्ट, सुशील पन्त, सतिशकृष्ण खरेल, सुरेन्द्र थापा, हरि उप्रेती र कृष्णप्रसाद भण्डारीले बहस गर्दैछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x