Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

तत्कालिन प्रदेश सचिव बैकुण्ठसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालिन प्रदेश सचिव बैकुण्ठसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ बुटवल, रुपन्देहीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले अधिकारीसहित महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली, आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी समेत चार जना एवं संस्था उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मंगलवार मुद्दा दायर गरेको हो ।

निजहरुको संलग्नतामा किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी फारम भराई सोही अनुसार रकम लिएको र मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको अख्तियारले दावी गरेको छ ।

अख्तियारले तत्कालीन प्रदेश सचिव, महाशाखा प्रमुख ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जालीलाई ४३ लाख ३७ हजार ५०० रुपैयाँ विगो कायम गरी तीन महीनादेखि ३ वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना माग गरेको छ ।

यसैगरी अख्तियारले आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीलाई गलत र झुट्ठा बिल भरपाई बनाई गैरकानूनी हानी पु¥याएको भन्दै निजविरुद्ध ४३ लाख ३७ हजार ५०० रुपैयाँ बिगो कायम गरी दुई वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x