एनआईसी एशिया क्यापिटलको तेश्रो त्रैमासमा लगभग ९ करोड मुनाफा
काठमाडौं, ८ वैशाख । एनआईसी एशिया क्यापिटलले आ.व. २०७८÷०७९ को तेश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार रु.८ करोड ९१ लाख ९१ हजार खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.५९.४६ कायम गरेको बताएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले बढेको हो ।
आ.व. २०७८÷०७९ को तेश्रो त्रैमास अन्त्यसम्म क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत चार वटा योजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत तीनवटा बन्दमुखी योजनाहरु “एनआईसी एशिया ग्रोथ फण्ड”, “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” र “एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)” तथा एउटा खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गरिरहेको बताएको छ । यस्तै १ अर्व बराबरको बन्दमुखी योजना “एनआईसी एशिया फेलेक्सी क्याप फण्ड” नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको अन्तिम चरणमा रहेको बताइएको छ । ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको बैंकले जनाएको हो ।
पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको बताएको छ । यस्तै लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ नवीनतम् योजनाहरु संचालन गरीे आ.व. २०७८÷०७९ को तेश्रो त्रैमाससम्म रु.१ अर्व ५३ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको बताइएको छ । जुन गत वर्षको सोही अवधीको तुलनामा ३३.०२ प्रतिशतले बृद्धि हो ।
क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माँझ पु¥याउन एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने, डिम्याट खाता खोल्ने लगायतका निक्षेप सदस्यबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अनलाईन मार्फत सकिने व्यवस्था मिलाएको बताएको छ । क्यापिटलले २०७८ साल चैत्र मसान्तसम्म ५ लाख ७५ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको जानकारी गराएको छ ।
क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानको साथै, ४ वर्षको नविकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्म डिम्याट खाता नविकरण हुने, रु.२,५०० एकमुष्ट भुक्तानी गर्दा लाईफटाईम डिम्याट खाता नविकरण हुने, एनआईसी एशिया विद्यार्थी डिम्याट खाता योजना अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो शेयर खाता, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने लगायतका योजनाहरु संचालन गरिरहेको बताएको छ । क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपत्यका बाहिरबाट समेत अनलाईन मार्फत गर्दै लैजाने रणनीति रहेको बताइएको छ ।