सुनको मूल्य ३ सयले बढ्यो
काठमाडौं, ८ वैशाख । साताको पाचौं दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ ।
बुधबारको तुलनामा यस दिन छापावाला सुनमा प्रतितोला ३ सय र चाँदी प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ सय र चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार मूल्य बढेर सुन प्रतितोला १ लाख ९ सय र चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।