Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा

लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा

काठमाडौं, ८ वैशाख । लक्ष्मीबैंकले आफ्नो संजालविस्तार गर्ने क्रममाआफ्ना २ नँँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टरहरु महोत्तरी जिल्लाअदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् ।

यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, लगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवाविस्तार गर्दै आएको छ ।

साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ मोवाईल बैंकिङ्ग सेवाप्रदान गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x