Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

अर्थमन्त्री र गभर्नरको द्वन्द्वले अर्थतन्त्रमा समस्या

अर्थमन्त्री र गभर्नरको द्वन्द्वले अर्थतन्त्रमा समस्या

काठमाडौं, ९ वैशाख । अर्थशास्त्री एवं पूर्वगभर्नरहरुले नेपालको अर्थतन्त्र संकटमा जानुको कारण अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको आपसी द्वन्द्व रहेको बताएका छन्।

नेपाल बुद्धिजीवी परिषद्ले बिहीबार आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले अहिले नेपालको अवस्था श्रीलंकाजस्तो नभएको पनि बताए।

पूर्वअर्थसचिव रामेश्वर खनालले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रायले मिलेर काम गर्न नसकेकाले अर्थतन्त्रमा केही समस्या आएको टिप्पणी गरे।

त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षत्रीले अर्थमन्त्री र गभर्नरबीचको विवादले बजेट निर्माण तथा मौद्रिक नीतिमा असर पर्न सक्ने बताए। उनले वित्तीय नीतिका लागि अर्थ मन्त्रालय र मौद्रिक नीतिका लागि केन्द्रीय बैंक आधिकारिक भएकाले समन्वय जरुरी हुने बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x