Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आईएमई जनरलको २४औं वार्षिक साधारणसभा सम्पन्न, ७ प्रतिशत बोनस शेयर पारित

आईएमई जनरलको २४औं वार्षिक साधारणसभा सम्पन्न, ७ प्रतिशत बोनस शेयर पारित

काठमाडौं, ९ वैशाख । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रवार काठमाडौंमा सम्पन्न सभामा कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ सेवासहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै जानकारी दिइएको छ । साथै अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको व्यावसायिक सूचक उल्लेख्य बढेको बताइएको छ ।

बीमा समितिले निजीवन बीमा कम्पनीको चुक्तापूँजी साढे २ अर्ब पु¥याउन निर्देशन दिएको छ । यसका लागि आईएमई जनरलले समितिसमक्ष पूँजीवृद्धिको योजना पेश गरिसकिएको छ । संस्थाको २४औं साधारणसभाले चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । उक्त लाभांश वितरणपछि संस्थाको चुक्ता पूँजी १ अरब ७० करोड १६ लाख पुग्नेछ । संस्थाले ७ वटै प्रदेशबाट बीमा सेवा प्रदान गर्दै आएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाले १ अरब २८ करोड ६१ लाख बीमाशुल्क आर्जन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x