Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

बीओकेको नयाँ शाखा कास्कीको पावरहाउसमा

बीओकेको नयाँ शाखा कास्कीको पावरहाउसमा

काठमाडौं, १६ वैशाख । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)को पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउस शाखाको आज बिहिबार एक समारोहका बिच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीले संयुक्त रुपमा समुद्घाटन गरेका छन ।

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिएका छन । साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी गराए ।

उक्त कार्यक्रममा संघका अध्यक्ष आत्रेयले बैंक अफ काठमाण्डूलाई पावरहाउस क्षेत्रमा स्वागत गर्नुको साथै स्थानिय उद्योग ब्यावसाय क्षेत्र तथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघको रहेको बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x