ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना कुमारी बैंकको क्युआर कोडबाट भुक्तानी गर्न सकिने
काठमाडौं १६ वैशाख । कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्यु.आर.प्रणालीबाट शीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ ।
काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सेवा सञ्चालन गरेका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, प्रहरी वरिष्ठ उपरीक्षक जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको र यो सेवाको शुरुवातले राजस्व संकलनमा सहज हुने बताएका छन ।
बैंकका डिजिटल बैकिङ्ग विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तन संगै प्रविधिमैत्री सेवा विस्तार गर्न बैंक सदैब अगाडि बडिरहने कुरामा जोड दिदै डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालकिो शुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गर्दै आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने बताएका थिए । यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्ना साथ रकम सहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सिधै भुक्तानी गर्न सकिने उनले बताए ।
कार्यक्रममा समुपस्थित फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बंैकमा रहेको खाताबाट क्यु.आर.स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए ।