कामना सेवा विकास बैंकको नवौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
काठमाडौं, १६ वैशाख । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा वैशाख १५ गते सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ स्थित बिना रेमिटेन्सलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । सो गा.पा. मेयर राम वलव साह, वडा अध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थियो ।
कार्यक्रममा बैंकका कर्मचारीहरु लगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बताइएको छ ।