Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गभर्नर अधिकारीको मुद्धा सर्वोच्चमा सुनुवाईको निरन्तरता

गभर्नर अधिकारीको मुद्धा सर्वोच्चमा सुनुवाईको निरन्तरता

काठमाडौं, १६ वैशाख । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्धा आज पनि सुनुवाई गरिरहेको छ । विगत तीन दिनदेखि सर्वोच्च अदालतले उनको मुद्धा हेरिरहेको छ ।
गत मंगलबार र बिहीबार अदालतले गभर्नर अधिकारीको मुद्धा हेर्दा हेर्दैमा राखेको थियो । सरकारले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बित गरेको थियो ।
सरकारले अन्यायपूर्ण तरिकाले निलम्बित गरेको भन्दै गभर्नर अधिकारी सर्वोच्च अदालत गएका थिए । न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाई भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीले गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको र अर्थतन्त्र खराब अवस्थामा पुर्याएको भनी गभर्नर पदबाट निलम्बन गर्न छानविन समिति बनाएका थिए । सो छानविन समितिले अधिकारीलाई निलम्बन गरेको थियो ।
आफू निलम्बित भए पछि गभर्नर अधिकारीले सर्वोच्च अदालतमा रिटमार्फत अल्पकालीन अन्तरिम आदेश जारी गराएर काममा फर्किएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x