विमानको शौचालयमा भेटिएको झन्डै साढे २ किलो सुनसहित पाँच जना पक्राउ
काठमाडौं, १६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ३२ ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन ।
दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान भित्र सरसफाइ गर्ने क्रममा विमानको शौचालय भित्र फोहरसँगै रहेको सुनका विस्कुटहरू लिएर बाहिर निस्कने क्रममा उनीहरू पक्राउ परेका बताइएको छ ।
पक्राउ पर्नेमा पाँचथर याङवरक गाउँपालिका(४ का २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका(५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका(२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका(२ का ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरूंगा नगरपालिका(४ का ३६ वक्र्षीय ताराकान्त चौधरी रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।
बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थानमा आई निजसँगै काम गर्ने सहकर्मी साथी सुमनलाई सुनको बिस्कुटहरु बाँडी लग्ने क्रममा पक्राउ गरेको हो । माबोले बिमानको शौचालय भित्र फोहरसँगै फेला पारेका सुनका विस्कुटहरू बाहिर फोहोर जम्मा गर्ने स्थानमा आएर उनीसँगै काम गर्ने सुमन तामाङसँग बाँडेका थिए ।
त्यसपछि सुनका बिस्कुट आ(आफ्नो मनि पर्समा लुकाएर विमानस्थलको फलामे गेटहुँदै बाहिर निस्कने क्रममा स्क्रिनिङ गर्दा दुबैको साथबाट समान १०(१० वटा सुनको बिस्कुट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबैको साथबाट समान ११६६ ग्राम सुन फेला परेको हो ।
उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप तीन जना संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।