Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

विराटनगरस्थित नासा इन्भेष्टमेन्ट बन्द गर्न धितोपत्र बोर्डको पत्राचार

विराटनगरस्थित नासा इन्भेष्टमेन्ट बन्द गर्न धितोपत्र बोर्डको पत्राचार

काठमाडौं, १६ वैशाख । नेपाल धितोपत्र बोर्डले बिराटनगरस्थित नासा इन्भेष्टमेन्ट प्रालिलाई काम बन्द गर्न पत्राचार गरेको छ । अनुमति पत्र प्राप्त नगरी धितोपत्र व्यवसाय संचालन गरेको भन्दै बोर्डले कम्पनीलाई उक्त कार्य बन्द गर्न आग्रह गरेको हो ।


बोर्डका अनुसार भृकुटी चौक, विराटनगर (५ मा केन्द्रीय कार्यालय भएको नासा इन्भेष्टमेन्टले बोर्डबाट अनुमति नलिइ डिम्याट खाता, मेरो शेयर, ब्रोकर खाताको सहजीकरण गर्ने, सेयर बजारमा पोर्टफोलियो म्यानेजमेन्ट सम्बन्धी कार्यहरु गर्दै आएको थियो ।


यसका साथै इन्भेष्टमेन्टले धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री सम्बन्धी परामर्श दिने जस्ता धितोपत्र सम्बन्धी सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गरिरहेको थियो । उक्त जानकारी प्राप्त भएपछि बोर्डले सो कम्पनीलाई उक्त कार्यहरु बन्द गरी बोर्डमा जानकारी गराउन पत्राचार गरेको बताएको छ ।

प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम उक्त कार्यहरु बोर्डबाट अनुमति पत्र लिएर मात्र संचालन गर्न पाइन्छ । अनुमति प्राप्त नगरी सो कार्यहरु गरेमा उक्त कार्य गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने व्यवस्था रहेको छ ।
कम्पनीले यस पत्राचारलाई अटेर गरेको खण्डमा कानुन अनुसार अघि बढ्ने बोर्डका सहायक प्रवक्ता रुपेश केसीले बताएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x