Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

मस्कलाई ट्विटर किन्न टेस्लाको शेयर बेचेर पुगेन, साढे २५ अर्ब ऋण लिँदै

मस्कलाई ट्विटर किन्न टेस्लाको शेयर बेचेर पुगेन, साढे २५ अर्ब ऋण लिँदै

काठमाडौं, १६ वैशाख । सामाजिक सञ्जाल ट्विटर खरिदका लागि विश्वकै धनाढ्य इलोन मस्कले टेस्ला कम्पनीको शेयर विक्री गरेका छन् । उनले टेस्लाको ४४ लाख शेयर विक्री गरेको समाचार संस्था एपीले जनाएको छ ।


८७२ डलरदेखि ९९९ डलरसम्म प्रतिशेयर विक्रीबाट उनले ४ अर्ब डलर संकलन गरिएको बताइएको छ । उनले अधिकांश शेयर गत मंगलबार विक्री गरेका हुन् । मंगलबार टेस्लाको शेयरमा १२ प्रतिशतको भारी गिरावट आएको थियो ।


यद्यपि उनले टेस्लाको अरु शेयर विक्री नगर्ने बताएको एपीले जनाएको छ । केही समयअघि मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई ट्विटरको बोर्डले सदर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बाँकी पैसा जुटाउनका लागि उनले साढे २५ अर्ब ऋण लिनसक्ने एपीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x