Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

नेपाललाई भारतले ४०० मेगावाट बिजुली बाट कटौती गरेर ८० मेगावाट मात्र दिँदै

नेपाललाई भारतले ४०० मेगावाट बिजुली बाट कटौती गरेर ८० मेगावाट मात्र दिँदै


काठमाडौं, १६ वैशाख । नेपालले भारतबाट सामान्य अवस्थामा दैनिक करिब ४०० मेगावाट बिजुली आयात गर्दै आएको थियो, तर पछिल्लो समय भारतमा विद्युत संकट हुँदा नेपालले दैनिक ८० मेगावाट बिजुली मात्र पाउन थालेको छ ।


नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश अधिकारी ८० मेगावाट पनि मुस्किलले पाइरहेको बताएका छन । अहिले भारतका १८ वटा राज्यमा लोडसेडिङ सुरू भइसकेको छ । त्यहाँका धेरै जसो उद्योग बन्द भइसकेका कारण नेपालले भारतबाट बिजुली पाउन मुस्किल देखिएको अधिकारीले बताए ।


रूसले युक्रेनमाथि सैन्य हमला गरेपछि भारतको बिजुली उत्पादन प्रभावित भएको हो । भारतले जलविद्युत, वायु, कोइला, आणविक तथा सोलारबाट बिजुली उत्पादन गर्दै आएको छ । युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य अत्यधिक बढेपछि त्यसको असर बिजुली उत्पादनमा परेको देखिन्छ । डिजेल, पेट्रोल लगायत इन्धनको भाउ पनि अकासिँदा भारतीय बजारमा बिजुली खपत बढेको छ । यसले एकातिर बिजुलीको मूल्य चर्किएको छ भने अर्कातर्फ नेपालले पाउने बिजुलीसमेत कटौती भएको छ ।

भारतबाट ल्याउने बिजुली कटौतीपछि नेपालका उद्योगहरूमा दैनिक ३०० मेगावाट बिजुली अभाव भएको प्राधिकरणले बताएको छ । नेपालका उद्योगमा दैनिक पाँच सय मेगावाट बिजुलीको आवश्यकता पर्छ तर प्राधिकरणले दैनिक करिब दुई सय मेगावाट बिजुली मात्र दिन सकेको बताएको छ ।


यस्तै सामान्य अवस्थाको तुलनामा नेपालले भारतबाट किन्ने बिजुलीको मूल्य पनि तीन गुणा बढेको छ । प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार सामान्य अवस्थामा नेपालले भारतबाट औसत प्रतियुनिट चार रूपैयाँमा किन्ने गरेको थियो । अहिले बढेर औसत प्रतियुनिट १२ रूपैयाँ ८५ पैसा तिर्नुपरेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x