Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आजबाट स्थगन गर्ने भनिएका उडानहरु पूर्ववत सञ्चालन : २३ गते देखि नयाँ नियम

आजबाट स्थगन गर्ने भनिएका उडानहरु पूर्ववत सञ्चालन : २३ गते देखि नयाँ नियम

काठमाडौं, १६ वैशाख । आजबाट स्थगन गर्ने भनिएको सम्पूर्ण उडानहरु पूर्ववत रुपमा संचालन गर्न वायुसेवा संचालक संघ नेपालले आग्रह गरेको छ । संघले नयाँ लट प्रणाली लागु नगरुन्जेल पूर्ववत स्वीकृत स्लट अनुसार नै उडानहरु संचालन गर्न प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।
यस्तै वैशाख २३ गते देखि नयाँ गते देखी नयाँ स्लट अनुसार उडानहरु संचालन गरीने निर्णय भएको समेत संघले बताएको छ ।

वैशाख १५ मा जारी गरेको प्रेस विज्ञप्ति तथा सोही मितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई संघले पठाएको पत्र बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री , सचिव तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक समेतले यसतर्फ ध्यानाकर्षण गर्दै १६ गते बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, यस संघका अध्यक्ष लगायत संघका सदस्य वायुसेवा कम्पनीहरु ९बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाईन्स, सौर्य एअरलाईन्स र गुण एयरलाईन्स० बीच छलफल हुँदा मन्त्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण, एटिसी, तथा संघका सदस्य वायुसेवा कम्पनीहरु सम्मिलित कार्यदल गठन गरी सो कार्यदलले आउदो २१ गते सम्म प्रतिवेदन पेश गर्ने र सो पेश गरेको प्रतिवेदन अनुसार २३ गते देखि नयाँ स्लट अनुसार उडानहरु संचालन गरीने निर्णय भएको संघले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x