Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

विद्युतीय वालेटमा कारोबार गर्दा अनिवार्य प्रयोजन खुलाउनुपर्ने : राष्ट्र बैंक

विद्युतीय वालेटमा कारोबार गर्दा अनिवार्य प्रयोजन खुलाउनुपर्ने : राष्ट्र बैंक

काठमाडौं, १९ वैशाख । नेपाल राष्ट्र बैंकले विद्युतीय वालेटमा कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गरेको छ ।


बैंकले सोमबार भुक्तानी प्रणाली सम्बन्धि एक निर्देशन जारी गर्दै विद्युतीय वालेटमा ग्राहकले रकम लोड गर्दा,एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गरेको हो ।


यस्तै विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेश गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला बुझाउलाू भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्न लगाउनुपर्ने बैंकले बताएको छ ।


क्रेडिट कार्डमार्फत वालेटमाट लोड गरिएको रकम बस्तु तथा सेवाको विद्युतीय भुक्तानीको लागि मात्रै प्रयोग गर्नुपर्ने छ । उक्त रकम बैंक खातामा ट्रान्फर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *